Kathmandu Press

राजनीतिक स्थिरताका लागि समाजवादी मोर्चा आवश्यक : महासचिव विप्लव 

मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले मुलुकमा देखिएको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको बताएका हुन्। 
राजनीतिक स्थिरताका लागि समाजवादी मोर्चा आवश्यक : महासचिव विप्लव 

काठमाडौं, चैत २० : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकलाई अस्थिरताबाट स्थिरता तिर ढाल्न समाजवादी मोर्चाको आवश्यकता भएको बताएका छन्। 

मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले मुलुकमा देखिएको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको बताएका हुन्। 

Hardik ivf

उनले भने, ‘हामीले धेरै उपलब्धी हाँसिल गरेका छौं। यो कुरा साचो हो। तर पूर्ण भइसकेको छैन। तर यसका लागि मानवजाती लडिरहेको छ। आफ्नो अधिकारका लागि कोही पनि चुप लागेर बस्न मिल्दैन। बसेको छैन। यस अवस्थामा समाजवादी र कम्युनिष्टहरुको कुन धारा र विचार बोकेर अघि बढ्ने भन्ने कुरा स्पष्ट हुन आवश्यक छ।’

नेपालमा उत्पन्न भएको संकटबाट निराशा मात्र होईन सम्भावना समेत देखिएको भन्दै चन्दले दलाल पूँजीवादले राजनीतिको आडमा कब्जा गरेको अर्थतन्त्रको सुधारका लागि कम्युनिष्ट एकताको आवश्यकता परेको औल्याए। 

उनले भने, ‘अहिले बजारमा समाजवादी मोर्चाले अस्थिरता ल्याउछ कि भन्ने बहस समेत भइरहको सुनिन्छ। तर त्यो कुरा साचो होइन। म त के देख्छु भने आज जत्तिको स्वतन्त्र समाज कहिले भएको थिएन।’ 
 
प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्