नाउपा अध्यक्ष रञ्जिताद्वारा गण्डकी अध्यक्ष गुरुङलाई निष्कासनको कारबाही
सुदूरपश्चिम प्रदेश सरकारको विषयमा हानाथाप चलिरहेका बेला श्रेष्ठले पार्टीका जिम्मेबार नेतामाथि धमाधम कारबाही शुरु गरेकी छन्।
काठमाडौं, चैत २० : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङलाई पनि पार्टीबाट निष्काशित गरेकी छन्।
सुदूरपश्चिम प्रदेश सरकारको विषयमा हानाथाप चलिरहेका बेला श्रेष्ठले पार्टीका जिम्मेबार नेतामाथि धमाधम कारबाही शुरु गरेकी छन्।
अध्यक्ष श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै गडकी प्रदेश अध्यक्ष गुरुङलालाई पार्टीबाट निष्काशन गरिएको बताएकी छन्।
यसअघि श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पनि निष्काशन गरेकी थिइन्। २१ फाागुनमा सत्ता गठबन्धन फेरबदल भएपछि गठबन्धनका विषयमा नाउपाका संस्थापक रेशमलाल चौधरी र श्रीमती श्रेष्ठबीच मतभेद उत्कर्षमा छ।
प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












