Kathmandu Press

‘महिला भएकै कारण उपसभामुखलाई सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनबाट वञ्चित गरिएकाे हाे?’

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सभामुख देवराज घिमिरे विदेश जाँदा उपसभामुख इन्दिरा रानालाई प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने अधिकार नदिएर अन्याय गरेको बताएकी हुन्। महिला भएकै कारण उपसभामुखमाथि यस्तो व्यवहार गरिएको जिकिर गरिन्।
‘महिला भएकै कारण उपसभामुखलाई सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनबाट वञ्चित गरिएकाे हाे?’

काठमाडौं, चैत २० : जनता समाजवादी पार्टी (जसपा) की सांसद रेखा यादवले सभामुखको अनुपस्थितिमा उपसभामुखलाई बैठक सञ्चालनबाट वञ्चित गर्नु गलत रहेको बताएकी छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सभामुख देवराज घिमिरे विदेश जाँदा उपसभामुख इन्दिरा रानालाई प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने अधिकार नदिएर अन्याय गरेको बताएकी हुन्। महिला भएकै कारण उपसभामुखमाथि यस्तो व्यवहार गरिएको जिकिर गरिन्।

Hardik ivf

‘कतै हाम्रो उपसभामुखमाथि अन्याय त भएको होइन?’ उनले भनिन्। प्रतिनिधिसभा नियमावलीको पालना किन गरिएन भनी सभामुखलाई प्रश्न गरिन्। ‘कि उपसभामुख महिला भएर हो? यदि महिला भएर हो भने संविधानमा लेखिएको अधिकारको कुरा कहाँ जान्छ? महिलाको कार्यक्षमतामा सधैं शंका गर्ने? संसद्‌मा समेत कार्यक्षमता देखाउन नपाउने?’

उनले भनिन्, ‘चैतको पहिलो साता सभामुख विदेश जाने भनेर हतारहतार विधेयकहरू अगाडि बढाइयो । त्यसपछि लामो समय बैठक स्थगित भयो ।’

७ गतेसम्म प्रतिनिधि सभाको बैठक चलेको र चैत ८ गते सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्विजरल्यान्ड गएको, चैत १६ गते स्वदेश फर्किएको र त्यसको दुई दिनपछि चैत १८ बाट बैठक बसेको बताउँदै उनले भनिन्, ‘सभामुखको अनुपस्थितिमा किन उपसभामुखले सभा सञ्चालन गर्न नपाउने? यो अधिकारबाट उहाँलाई किन वञ्चित गरियो? के नियमावलीमा यही लेखिएको छ?’

उपसभामुखलाई सभा सञ्चालनको अधिकार नदिनु समग्र महिलालाई हेर्ने दृष्टिकोण र उसको क्षमतामाथि शंका गर्ने प्रवृति भएको यादवले बताइन्। उनले थपिन्,  ‘सार्वभौम सम्पन्न जनता भनी संविधानमा लेखिएको छ। तर के यसको अनुभूति यस सम्मानित संसद्ले गर्न पाएको छ? नियमावलीले दिएको अधिकार सदनभित्र पालना भएको छ?’

सभामुख अन्तरव्यवस्थापिका संघ (आइपियु)को १४८औं महासभामा सहभागी हुने क्रममा चैत ८ गतेदेखि १५ गतेसम्म नेपालबाहिर रहेका थिए। त्यतिबेला प्रतिनिधिसभाको बैठक बसेको थिएन।

सभामुख विदेशमा रहँदा वा सभामुख काबुबाहिरको परिस्थितिमा हुँदा सभामुखले अधिकार दिएर उपसभामुखले प्रतिनिधिसभाको बैठक सुरू र अन्त्य गर्न सक्ने व्यवस्था नियमावलीमा उल्लेख गरिएको उनले स्मरण गराइन्।

प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्