Kathmandu Press

सदनमा उठेका विषयको जवाफ सदनमै उभिएर दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सहकारी लगाएतका बिषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन्।
सदनमा उठेका विषयको जवाफ सदनमै उभिएर दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडाैं, चैत २० : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरुको जवाफ सदनमै उभिएर  दिन पाउनुपर्ने बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सहकारी लगाएतका बिषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन्।

Hardik ivf

लोकतन्त्रमा प्रतिपक्षीले आफुलाई लागेका कुराहरु सदनमा उठाउन पाउनुपर्ने बिषयलाई आफुले सम्मान गर्ने भन्दै उहाले आफुले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए।

लामिछानले गृहमन्त्रालयको काम कारवाही, बिपत व्यवस्थापनको तयारी, भूकम्पपिडितको पुर्नवास लगाएतका विषयमा समेत आफुले जवाफ दिन चाहिरहेको जिकिर गरे। उनले जाहेरी दिदैमा सदनमा सवै बिषयमा छानबिन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे।

रास्वपा सभापति समेत रहनुभएका लामिछानेले पार्टीका अन्य नेताहरुको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे। कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्