Kathmandu Press

 बागमती सरकारमा एमालेबाट थप चार मन्त्री बन्दै

विश्वासकाे मत पाएकाे भाेलिपल्ट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेबाट प्रकाश श्रेष्ठ, केशव पोखरेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउन लागेका हुन्।
 बागमती सरकारमा एमालेबाट थप चार मन्त्री बन्दै

हेटौंडा, चैत २० : बागमती प्रदेश सरकारमा एमालेबाट थप चार जना मन्त्री बन्ने भएका छ्न्। विश्वासकाे मत पाएकाे भाेलिपल्ट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेबाट प्रकाश श्रेष्ठ, केशव पोखरेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउन लागेका हुन्।

प्रकाशलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशवलाई वन तथा वातावरण मन्त्रालय, एकालाललाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएकाे बताइएकाे छ। मन्त्रीहरूको शपथका लागि आज दिउँसो ३ बजेकाे समय तय गरिएकाे छ।

Hardik ivf

प्रकाश पहिलो पटक मन्त्री बन्न लागेका हुन् भने अन्य तीन मन्त्री भइसकेका छन्। एमालेबाट आर्थिक मामिला मन्त्रीको रूपमा जगन्नाथ थपलियाले यसअघि नै जिम्मेवारी वहन गरिसकेका छन्।

योसँगै बागमतीमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ। जसमा माओवादीबाट मुख्यमन्त्रीसहित चार, एमालेबाट पाँच, नेकपा एसबाट बिनाविभागीयसहित तीन र हाम्रो नेपाली पार्टीबाट एकजना छन्।

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्