Kathmandu Press

सहकारी ठगीमा श्रममन्त्री अर्याल समेत जोडिएको भन्दै संसदमा प्रश्न 

प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद रामकृष्ण यादवले मन्त्री अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत ठगी प्रकरणमा जोडिएको बताएका हुन्।
सहकारी ठगीमा श्रममन्त्री अर्याल समेत जोडिएको भन्दै संसदमा प्रश्न 

काठमाडौं, चैत २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सहकारी ठगी प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि संलग्न रहेको आरोप लगाएको छ। 

प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद रामकृष्ण यादवले मन्त्री अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत ठगी प्रकरणमा जोडिएको बताएका हुन्। सहकारीको सञ्चालक रहेको बेलामा ४ करोड बढी रकम बचतकर्ताले फिर्ता नपाएको भनाई यादवको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय आएको यादवले बताए। 

Hardik ivf

उक्त सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सहकारीमा अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको भनाई सांसद यादवको छ। सांसद यादवले भने, ‘त्यो काम श्रममन्त्रीको हो भन्ने छ। यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ। निष्पक्ष छानविन आवश्यक छ। संसदीय समिति बनाऔँ।’ गृहमन्त्री लामिछानेमाथि निष्पक्ष छानबिन नगर्दासम्म यो विषयले कहिल्यै नछाड्ने समेत उनले बताए। गृहमन्त्री रवि लामिछानेमाथि समेत यचदवले गंभिर प्रश्न उठाएका छन्। 

लामिछानेलाई प्रश्न गर्दै उनले भने, ‘तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा.लि.मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन ? सञ्चालक र प्रवन्ध निर्देशक भएको हो कि होइन ? गोर्खा मिडियामा करोडौँ लगानी भएको हो कि होइन ? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन ? तथ्यले बताउँछ सहकारीको पैसा तपाईको संस्थामा आएको छ।’ 
 

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्