नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा युवक पक्राउ
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक काठमाडौं बालाजु बस्ने उदयपुरगढी गाउँपालिका–६ घर भएका २३ वर्षीय नविन कुमार मगर रहेका छन्।
काठमाडौं, चैत २० : नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक युवकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक काठमाडौं बालाजु बस्ने उदयपुरगढी गाउँपालिका–६ घर भएका २३ वर्षीय नविन कुमार मगर रहेका छन्।
उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले नविन कुमारलाई पक्राउ गरेको हो।
साथै उक्त खाजाघरबाट एक जना बालिकाको समेत प्रहरीले उद्धार गरेको छ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, चैत २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार