सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ गते विश्वासको मत लने
मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्। प्रदेशसभाले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको छ।
कैलाली, चैत २० : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्। प्रदेशसभाले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको छ।
केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ।
५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ। प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्। ७ संसद रहेको नाउपाको समर्थनका बाबजुद शाहलाई बहुमत पुग्दैन। उनले एक सांसद भएको राप्रपा र स्वतन्त्र सांसद तारा जोशीलाई मन्त्री बनाउने प्रयास गरेका थिए । तर राप्रपाले समर्थनको निर्णय नगरेपछि जोशी पनि रोकिएका छन्।
गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन्।