Kathmandu Press

संसद बडुको प्रश्न– चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू?

मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए।
संसद बडुको प्रश्न– चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू?
फाइल तस्बिर।
Hardik ivf

काठमाडौं, चैत २० : नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुलालगायत देशका १४ वटा नाकाहरु सञ्चालन गर्ने परराष्ट्रमन्त्रील दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसदमा आएर स्पष्ट जवाफको माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए।

‘उपप्रधानमन्त्री हिजो मात्रै चीनको भ्रमणबाट फर्किनु भएको छ । यस क्रममा कोरोनापछि बन्द भएको दार्चुलालगायत देशका १४ वटा नाकाहरु अब छिटै खुल्ने सम्झौता भएको खबर सुन्नमा आएको छ,’ उनले भने, ‘तर यस्तो सम्झौता प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो तर अहिलेसम्म पनि त्यो नाकाहरु सञ्चालनमा आउन सकेको छैन्। यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसदमा दिनुपर्छ।’

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्