Kathmandu Press

सार्वजनिक सेवा प्रशारण विधेयक छलफलको क्रममा छ : मन्त्री शर्मा

उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रशारण निर्माण गर्ने सरकारको नीति रहेको भन्दै यसको लागि सार्वजनिक सेवा प्रशारण विधेयक छलफलमा रहेको बताइन्।
सार्वजनिक सेवा प्रशारण विधेयक छलफलको क्रममा छ : मन्त्री शर्मा

काठमाडौं, चैत २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रशारण विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताएकी छिन

मंगलबार रेडियो नेपालको ७४औं वार्षिकोत्सव समारोहमा उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रशारण निर्माण गर्ने सरकारको नीति रहेको भन्दै यसको लागि सार्वजनिक सेवा प्रशारण विधेयक छलफलमा रहेको बताइन्।

Hardik ivf

‘रेडियो नेपालले प्रादेशिक प्रशारणको समयावधि बढाउनको लागि पनि ध्यान दिन आवश्यक छ। आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरि सार्वजनिक प्रशारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रशारणउन्मुख समाचार, कार्यक्रम, उत्पादन तथा प्रशारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन्, ‘सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ ।’

नेपाली समाजको रुपान्तरणका लागि महत्वपूर्ण संवैधानिक र कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसको लागि रेडियो नेपालसहित आम सञ्चार माध्यमहरुले अभियानको रुपमा कार्यक्रम उत्पादन र प्रशारणमा जोड दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘नेपाली समाजको रुपान्तरणका लागि महत्वपूर्ण संवैधानिक र कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन अहिले पनि हुन सकिरहेको छैन्। यसको पूर्ण कार्यान्वयनको लागि घर घरमा सचेतनाको आवश्यकता रहेको छ। यसका लागि राजनैतिक रुपमा जे उपलब्धी हासिल गरेका छौ संविधान र कानूनमा जे कुरा उल्लेख गरेका छौं।’

सरकारको स्वामित्वको प्रशारण माध्यमलाई सरकारको प्रचारकको रुपमा मात्रै बुझ्ने गरिएको भन्दै यो भष्यलाई परिवर्तन गर्न कार्यशैली परिवर्तन गर्न खोजिरहेको पनि उनको भनाइ छ।

प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्