सहकारीको रकम अपचलनमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठनमा कांग्रेसको अडान कायमै
‘यो घटनाले पनि थप पुष्टि गरेको छ। सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने कुरा। त्यसैले निष्पक्ष छानबिन आवश्यक छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बनाऔँ। हामीले संसदीय छानबिन समितिलाई अनिवार्य शर्त मानेको छ।
काठमाडौं, चैत २० : सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नाम नाम मुछिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग प्रमुख प्रतिपिक्षी दल नेपाली कांग्रेसले दोहोर्याएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै यसले विश्वासको संकट उत्पन्न भएको बताए।
उनले गृहमन्त्री लामिछानेलाई आफूमाथि लागेको आरोप टुंगोमा पु¥याउन सहयोग गर्न आग्रह गरे। उनले भने, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस्। सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन।’
विगतमा सहकारीको पैसा अपचलनमा लामिछानेको नाम जोडिएर सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुखले संसदीय समितिको बैठकमा छानबिन भइरहेको बताएको तर अहिले छानबिन प्रक्रिया अवरुद्ध भएको सांसद यादवले बताए।
छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उनले बताए। उनले अहिले समस्याग्रस्त सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको आरोप लगाए।
‘यो घटनाले पनि थप पुष्टि गरेको छ। सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने कुरा। त्यसैले निष्पक्ष छानबिन आवश्यक छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बनाऔँ। हामीले संसदीय छानबिन समितिलाई अनिवार्य शर्त मानेको छ।












