Kathmandu Press

महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षमा दरखास्त आह्वान  

त्यसैले परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीहरुबाट आवेदन माग गरेको हो । आवेदन आज सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्ने छ ।
महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षमा दरखास्त आह्वान  
Hardik ivf

काठमाडौं, चैत २० : संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै छ ।

त्यसैले परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीहरुबाट आवेदन माग गरेको हो । आवेदन आज सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्ने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगानामा [email protected] मा पठाउन आह्वान गरिएको हो । 

प्रकाशित मिति: ०९:१३ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्