Kathmandu Press

राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै, प्री–बजेटबारे छलफल हुने

मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन रसंघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकबिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
राष्ट्रिय सभाका तीन समितिको बैठक बस्दै, प्री–बजेटबारे छलफल हुने

काठमाडौं, चैत २० : संघीय संसदको राष्ट्रिय सभा अन्र्तगतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ ।

मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन रसंघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकबिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Hardik ivf

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, रक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशाबारे समितिमा छलफल गर्दैछ । 

यस्तै, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्या तथा रक्षा मन्त्रालयको समितिसँगको अपेक्षालगायतकाविषय समितिले छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिले अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोज र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आगामी बजेट २०८१ निर्माणका सम्बन्धमा पूर्व बजेट निर्माणबारे छलफल गर्दै छ । 

यस्तै, विधायन व्यवस्थापन समितिले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची उल्लेख गरेको छ । 
 
प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्