Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, तीन मन्त्रीले सदनमा जवाफ दिने कार्यसूची 

संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलसोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक पश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । 
प्रतिनिधिसभाको बैठक बस्दै, तीन मन्त्रीले सदनमा जवाफ दिने कार्यसूची 

काठमाडौं, चैत २० : प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ। बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। 

आजको बैठकमा तीन मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलसोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक पश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । 

Hardik ivf

यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम पनि हेरफेर गर्नेछन् । साथै, उपप्रधानमन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमिस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसचीमा उल्लेख छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको‘‘विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् ’’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। 
 

प्रकाशित मिति: ०७:३६ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्