भारतका मुख्य शहरसहित ७५ जिल्ला ‘लक डाउन’
काठमाडौं, चैत १० : कोरोना भाइरसको संक्रमणबाट जोगिन भारतको राजधानीसहित मुख्य शहरहरूमा ‘लक डाउन’ गरिएको छ।
भारतीय प्रधानमन्त्री नर....

काठमाडौं, चैत १० : कोरोना भाइरसको संक्रमणबाट जोगिन भारतको राजधानीसहित मुख्य शहरहरूमा ‘लक डाउन’ गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ‘जनता कर्फ्यू’ आह्वान गरेका थिए। सोमबार बिहानैदेखि विभिन्न राज्यले मुख्य शहरहरू ‘लक डाउन’ गरेको हो।
भारतको प्रेस इन्फोरमेसन ब्यूरोका अनुसार, राजधानी नयाँ दिल्लीसहित मुख्य शहर लक डाउन गरिएको छ। नयाँ दिल्लीसँगै मुम्बई, बेङलोर, पुणे, हैदरावाद, कोलकोत्तालगायत शहर लक डाउनमा छन्।
यस्तै, विभिन्न राज्यका ७५ जिल्लामा लक डाउन गरिएको जनाएको छ। भारतका दिल्ली, पञ्जाब, राजस्थान, उत्तर प्रदेशलगायतका राज्यमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले सार्वजनिक आह्वान गर्दै घरबाहिर ननिस्कन सर्वसाधारणलाई सचेत गराएका छन्। पञ्जाबले एक साताका लागि पूरै राज्य लक डाउन गरेको छ।
सोमबार बिहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ। संक्रमितको संख्या बढ्दै गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, तीन सय ९६ जनामा संक्रमण देखिएको छ।











