Kathmandu Press

कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 
कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, चैत २० : आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Hardik ivf

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले जनाएका छन् । त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

बेलुकी देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने विभागले जनाएको छ ।  
 
प्रकाशित मिति: ०७:२३ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्