‘जनतालाई उत्साहित बनाउनुपर्छ’
प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिनुहुँदै उनले सरकारले प्रदेशहरुका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना, शिक्षा, स्वास्थ्य कृषिको उत्पादनलाई निष्पक्ष र पारदर्शी ढङ्गबाट बजेट र योजना कार्यान्वयन गर्ने बताए।-1711984428.jpeg)
मकवानपुर, चैत १९ : बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको समानुपातिक पूर्वाधार विकासमा सबै नागरिकलाई समान अवसरका साथ सहभागी गराउँदै आर्थिक समृद्धितर्फ डो¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिनुहुँदै उनले सरकारले प्रदेशहरुका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना, शिक्षा, स्वास्थ्य कृषिको उत्पादनलाई निष्पक्ष र पारदर्शी ढङ्गबाट बजेट र योजना कार्यान्वयन गर्ने बताए।
उनले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने चिन्ता व्यक्त गर्दै संसदमा रहेका सबै दलले राष्ट्रको स्वाभिमानप्रति इमान्दारीका साथ लाग्नुपर्ने बताए। उनले अहिले जनतालाई निराश होइन, विश्वास दिलाएर विकासको पूर्वाधारले उत्साहित बनाउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री जम्कट्टेलले प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुसँग आफूले सम्मानजनक ढंगबाट व्यवहार गर्ने र सुझाव र सल्लाहलाई आत्मसात् गर्दै प्रदेशलाई सुशासन, भ्रष्टाचारमुक्त र जनतालाई शान्तिसुरक्षा प्रदान गर्न सरकारले निर्णय लिने बताए।
बैठकमा मुख्यमन्त्री कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन्।












