Kathmandu Press

१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगर पक्राउ

ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र्रप्रसाद फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिए।
१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगर पक्राउ

काठमाडौं, चैत १९ : नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र्रप्रसाद फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिए।

‘खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौं,’ उनले भने।

प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक फुयालले बताए।

प्रकाशित मिति: २०:०६ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्