Kathmandu Press

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मुख्यमन्त्री जम्कट्टेललको पक्षमा एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा एसका ७ जना र हाम्रो नेपाली पार्टी हानेपाका १ सांसदले मतदान गरे। उनको विपक्षमा कांग्रेसका ३७ जनाले मत हाल्दा १५ जना तटस्थ बसे।
मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

मकवानपुर, चैत १९ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन्।

सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे। बागमती प्रदेशमा बुहमतका लागि ५६ मत नै आवश्यक थियो।

Hardik ivf

मुख्यमन्त्री जम्कट्टेललको पक्षमा एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा एसका ७ जना र हाम्रो नेपाली पार्टी हानेपाका १ सांसदले मतदान गरे। उनको विपक्षमा कांग्रेसका ३७ जनाले मत हाल्दा १५ जना तटस्थ बसे।

पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएका हुन्। गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था पुगेका थिए।

प्रकाशित मिति: १८:५२ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्