अदालतका कामकारवाही व्यवस्थि हुँदै गएका छन् : प्रधानन्यायाधीश श्रेष्ठ
मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने उद्देस्य अनुरुप अदालत अघि बढिरहेको पनि श्रेष्ठले बताए।
काठमाडौं, चैत १९ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको बताएका छन्। चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रेष्ठले उक्त भनाई राखेका हुन्।
अदालतमा पहिले भन्दा स्थिति सुधार भएको भनाई श्रेष्ठको थियो। मुद्दालाई निश्चित समयमा सक्नुपर्छ भन्ने उद्देस्य अनुरुप अदालत अघि बढिरहेको पनि श्रेष्ठले बताए। हाल अदालतमा सबैभन्दा पुरानो मुद्दा २०६७ सालसम्मको रहेको जानकारी पनि उनले दिए।
श्रेष्ठले भने अनुसार १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन्। ‘मुद्दाहरुलाई कानूनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध छौं,’ श्रेष्ठले भने।
जिल्ला अदालतहरुमा आवश्यक पर्ने न्यायाधीशहरुको क्रमिक व्यवस्थापन हुँदै जाने पनि उनले बताए।
प्रकाशित मिति: १७:५५ बजे, सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












