Kathmandu Press

मन्त्रिपरिषद्ले गर्‍याे सचिवहरूको सरुवा 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोग, आयोगकी सचिव सरिता दवाडीलाई ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालय, ऊर्जाबाट गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
मन्त्रिपरिषद्ले गर्‍याे सचिवहरूको सरुवा 

काठमाडौं, चैत १९ : बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको व्यापक सरुवा गरेको छ। 

मन्त्रिपरिषदको निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोग, आयोगकी सचिव सरिता दवाडीलाई ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालय, ऊर्जाबाट गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।

Hardik ivf

यस्तै, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय, उद्योग सचिव रहेका मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालयमा लगिएको छ। 

सकारको निर्णयअनुसार मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय र बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। उनीहरुसहित अन्य मन्त्रालयका सचिवहरुको पनि सरुवा भएको छ।   
 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्