Kathmandu Press

कोरोनाबाट संसारभर ३,३८,००० संक्रमित

काठमाडौं, चैत १० : कोरोना भाइरसको संक्रमण कम हुन सकेको छैन। सोमबार बिहानसम्म तीन लाख ३८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

विश्व स्वास्थ्य स....

कोरोनाबाट संसारभर ३,३८,००० संक्रमित

काठमाडौं, चैत १० : कोरोना भाइरसको संक्रमण कम हुन सकेको छैन। सोमबार बिहानसम्म तीन लाख ३८ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, सोमबार बिहानसम्म एक सय ९२ देशमा कोरोना भाइरसको संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये १४ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ। त्यस्तै, ९९ हजार तीन जना निको भएर घर फर्केका छन्।

चीनबाट सुरू भएको संक्रमणले इटालीमा सबैभन्दा बढीको ज्यान लिएको छ। सोमबार बिहानसम्म इटालीमा ५९ हजार एक सय ३८ जना बिरामी भएका छन् भने पाँच हजार चार सय ७६ जनाको मृत्यु भएको छ। अझै तीन हजारभन्दा बढी गम्भीर बिरामी परेका छन्।

यसैगरि चीनमा ८१ हजार ९३ जनामध्ये तीन हजार दुई सय ७० जनाको मृत्यु भएको छ। अझै एक हजार सात सय ४९ जना गम्भीर रहेका छन्।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ३४ हजार सात सय १७ जना बिरामी परेका छन भने चार सय ५२ को मृत्यु भएको छ। त्यस्तै, स्पेनमा २८ हजार सात सय ६८ बिरामी परेका छन भने एक हजार सात सय ७७ जनाले ज्यान गुमाएका छन्।

जर्मनीमा पनि संक्रमितको संख्या २४ हजार आठ सय ७३ पुगेको छ। जसमा ९४ जनाले ज्यान गुमाएका छन्। इरानमा २१ हजार ६ सय ३८ जना बिरामी परेका छन भने एक हजार ६ सय ८५ जनाको मृत्यु भएको छ।

त्यस्तै, फ्रान्समा १६ हजार १८ जना बिरामी हुँदा ६ सय ७४ जनाले ज्यान गुमाएका छन्।

छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। तीन सय ९६ मा संक्रमण देखिएको छ भने सात जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: ११:०७ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्