‘हत्याको धम्की दिएको छैन, नाउपामा गठबन्धनकाे हस्तक्षेप भयाे, घरकै मान्छेले कुरा नसुन्दा समस्या आयो’
सोमबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै चौधरीले वर्तमान सरकारले पार्टी चलाएकाले पार्टीभित्र विवाद उत्पन्न भएको आरोप लगाएका हुन्।
काठमाडाैं, चैत १९ : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवाद उत्पन्न भएको आरोप लगाएका छन्।
सोमबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै चौधरीले वर्तमान सरकारले पार्टी चलाएकाले पार्टीभित्र विवाद उत्पन्न भएको आरोप लगाएका हुन्।
चैत २३ र २४ गते केन्द्रीय समितिको बैठक बोलाएको भन्दै उनले पार्टी भित्र अराजक गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिए।
चौधरीले सरकारका जाने कि नजाने विषयमा पार्टीमा विवाद भएको तर कसैमाथि पनि हातपात नभएको जिकिर गरे। आफूले कसैलाई हत्या गर्ने धम्की नदिएको भन्दै उनले आफूहरूचाहि असुरक्षित भएको बताए।
उनले पार्टीलाई अहिलेसम्मको अवस्थामा ल्याउन आफूले ठुलो मेहनत गरे पनि घरकै मान्छेले कुरा नसुन्दा ठुलो समस्या भएको धारणा राखे।
प्रकाशित मिति: १७:२९ बजे, सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












