Kathmandu Press

विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट पारित

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर सापकोटाले ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। 
विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं, चैत १९ : प्रतिनिधिसभाको बैठकबाट विद्युतिय व्यापार विधेयक २०८० पारित भएको छ। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर सापकोटाले ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। 

Hardik ivf

उक्त प्रस्तावमाथिको छलफलपछि विधेयक बहुमतले स्वीकृत भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन् ।  

उनले भने, ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा हुन्छ भन्नेको संख्या बढी भएकाले विधेयक बहुमतले स्वीकृत भएको घोषणा गर्दछु ।’  
 
प्रकाशित मिति: १६:३८ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्