Kathmandu Press

उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउन कांग्रेस नेताबीच छलफल 

इलाम–२ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ।
उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउन कांग्रेस नेताबीच छलफल 
Hardik ivf

काठमाडौं, चैत १९ : उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्। 

सभापति देउवाले कांग्रेस उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कोशीका सभापति उद्धव थापा र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरलाई बुढानीलकण्ठस्थित निवासमा डाकिएको हो। मंगलबारै कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दैछ।

इलाम–२ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ। बझाङ प्रदेश सभामा (१) मा १० जनाको नाम सिफारिस गरिएको छ।
 

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्