इलाम २ मा माओवादीबाट तिम्सिना उम्मेदवार बन्ने पक्का
माओवादी केन्द्रको इलाम जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटीमा सिफारिश गरेको हो।
इलाम, चैत १९ : सत्तारुढ नेकपा माओवादी केन्द्रको इलाम जिल्ला कमिटीले इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिनाको एकल नाम सिफारिस गरेको छ।
माओवादी केन्द्रको इलाम जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो। हाल उनी केन्द्रीय सदस्य छन्।प्रदेश कमिटीले केन्द्रमा नाम पठाएपछि तिम्सिनाको उम्मेदवारी सुनिश्चित हुने छ।
उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि तिम्सिनाले इलाम २ मा चुनावको तयारी थालेका छन्। उनी यसअघि २०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ।
प्रकाशित मिति: १६:२९ बजे, सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












