Kathmandu Press

बुटवल–नारायणगढ सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन सांसद भुसालको माग

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सोमबार निगमका पदाधिकारीसंग छलफल गर्दै न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक देखिएको समस्याप्रति चासो व्यक्त गरेको हो।
बुटवल–नारायणगढ सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन सांसद भुसालको माग

काठमाडौं, चैत १९ : नेकपा एमालेका सांसद सरिता भुसालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको आज विशेष समयमा सांसद भुसालले बर्खा सुरु हुनु अघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गरिन्। 

'वर्षायाम सुरु हुन लागिसक्यो, यात्रुहरुले धेरै सास्ती भोगिरहेका छन्, जतिसक्दो छिटो सडक निर्माण सम्पन्न हुनुपर्छ,' सांसद भुसालले भनिन्, 'सोे क्षेत्रको यात्रुहरुले थप सास्ती भोग्न नपरोस् भन्ने कुरामा म सदनमार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारण गर्न सरकारसँग माग गर्दछु।'

Hardik ivf

२०७५ माघ २४ गते चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता गरी २०७५ चैत ८ गतेदेखि सडक विस्तार सुरु भएको भन्दै असाध्यै ढिलासुस्ती भएको बताइन्। 'साढे तीन वर्षमा सडक विस्तार र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो', उनले भनिन्, 'तर अहिलेसम्म सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन।'

निर्माण सुरु भएपछि निर्धारित समयमा काम सम्पन्न नहुँदा दुई पटकसम्म म्याद थप गरेपनि आयोजना समयमै सम्पन्न नहुने निश्चित भएको उनको भनाइ छ। 'गत २०७९ साउनमा आयोजनाको म्याद सिद्धिएपछि एक वर्षको समय थप गरिएको थियो, म्याद थपिएको एकवर्षको समय सकिँदासम्म आयोजनाको प्रगति जम्मा ३८ प्रतिशत पुगेको थियो', उनले थपिन्, 'सो समयमा पनि काम सम्पन्न हुन नसक्दा गत भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले पुनः एक वर्षको समय बढाएको छ तर अझै सम्पन्न भएको छैन।'

पूर्वी नेपाल र पश्चिम नेपाललाई जोड्नुका साथै राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा रहेको यो महत्वपूर्ण मार्ग तीन वर्षको समय भए पनि पाँच वर्ष बित्दा पनि आधा काम सम्पन्न हुन नसक्नु लज्जास्पद विषय भएको उनले सदन समक्ष राखिन्।

उक्त सडक खण्डबाट यात्रा गर्ने यात्रुहरु धुलो र हिलोका कारण सास्ती भोग्नु बाध्य भएका छन् भने सडक आसपासका बासिन्दा र व्यवसायीहरु झनै प्रभावित भएको उनको भनाइ छ ।

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्