Kathmandu Press

एकीकृत समाजवादीकी सांसद नगएपछि बागमती प्रदेशको बैठक प्रभावित 

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भनेर १ बजेका लागि बैठक डाकिएको थियो।
एकीकृत समाजवादीकी सांसद नगएपछि बागमती प्रदेशको बैठक प्रभावित 

काठमाडौं, चैत १९ : बागमती प्रदेशसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ। 
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो। बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भनेर १ बजेका लागि बैठक डाकिएको थियो।

नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगर बैठकमा सहभागी नभएपछि बैठकका लागि समस्या उत्पन्न भएको थियो। उनले आफुलाई मन्त्री बनाए मात्र विशसको मत दिने अडान राख्दै आएकी थिइन्। मन्त्री बनाउने आश्वासनपछि उनी काठमाडौँबाट हेटौँडातर्फ जाँदैछन्। 

Hardik ivf

नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेश सरकारको पक्षमा विश्वासको मत दिने निर्णय गरेको थियो। उक्त पार्टीले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पक्षमा बुहमत जुट्ने संभावना देखिए पनि सांसद आले मगरका कारण समस्या उत्पन्न भएको थियो। एकीकृत समाजवादीले एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान लिँदै आएको छ। 

वाग्मती प्रदेश सरकारका लागि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका ५६ सदस्यको बहुमत आबस्यक पर्छ  । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी) का सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्।


 

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्