नाउपाका नेता रमेश विश्वकर्माले भने- रेशम चौधरीले हामीलाई मार्ने धम्की दिए
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबार काठमाडौंमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपिट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको जनाएका छन्।
काठमाडाैं, चैत १९ : नागरिक उन्मुक्ति पार्टीका केही केन्द्रीय सदस्यहरुले रेशम चौधरीले आफूहरुलाई हत्या गर्ने धम्की दिएको जनाएका छन्।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबार काठमाडौंमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपिट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको जनाएका छन्।
पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण भएको बताए। पार्टी कार्यालयभित्रै आफूमाथि कुटपीट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनले बताए।
विश्वकर्माले २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अध्यावधिक समेत हुन नसकेको कुरा उठाउदा पार्टी कार्यालयको सबै ढोका बन्द गरेर आफुमाथि आक्रमण भएको जिकिर गरे।
सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुन सक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरुको केहि घटनामा मृत्यु भए सबै दोष रेशम चौधरीको हुने उनले बताए।
उनले आफुहरुमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध पनि गरे। आफूहरुमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जीता चौधरी नरहेको र घटना भएको करिब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको विश्वकर्माले बताए।












