Kathmandu Press

ग्रिन हाइड्रोजन उत्पादनमा नीति र लगानी बढाउनुपर्छ : सांसद पौडेल

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद पौडेलले काठमाडौँँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर सफल परीक्षण गरेको र त्यसलाई अझ अनुसन्धान उत्पादन बढाउनुपर्ने बताए।
ग्रिन हाइड्रोजन उत्पादनमा नीति र लगानी बढाउनुपर्छ : सांसद पौडेल
Hardik ivf

काठमाडौँ, चैत १९ : नेपाली कांग्रेसका प्रदीप पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्न आवश्यकपर्ने कानुन र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद पौडेलले काठमाडौँँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर सफल परीक्षण गरेको र त्यसलाई अझ अनुसन्धान उत्पादन बढाउनुपर्ने बताए। 'नेपाली विश्वविद्यालय जसले नेपालमै यो ग्रीन हाइड्रोजन उत्पादन गरेर जुन अनुसन्धान गर्‍यो, जसलाई सफलतापूर्वक परीक्षण गरेर देखायो र यो अनुसन्धानमा आबद्धलाई बधाई व्यक्त गर्छु', उनले भने, 'नेपालमा कुनै पनि चिज उत्पादन गर्नु आफैँमा ठूलो कुरा हो, त्यसमाथि ग्रीन हाइड्रोजन भनेको क्लिन ग्रीन एनर्जी हो, जुन नेपाललाई अत्यावश्यक छ, यो क्षेत्रको ठूलो सफलता हो, कोशेढुङ्गा हो।'

एउटा विश्वविद्यालयको गरेको अनुसन्धानलाई राज्यले गम्भीरतापूर्वक लिएर त्यसका निम्ति आवश्यक कानुन बनाएर उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान दिन आग्रह गरे। 'एकसय किलोमिटर गाडी गुडाउन कति पेट्रोल आवश्यक पर्छ रु र त्यसको मूल्य कति हुन्छ र एक केजी ग्रीन हाइड्रोजन उत्पादन गर्न कति पैसा लाग्छ? तुलना गरेर हेरौँ,' सांसद पौडेलले भने, 'रु. तीन खर्ब पेट्रोलियम पदार्थ आयात गर्नका लागि खर्च गरेका छौँ, त्यसको विकल्प यो ग्रीन हाइड्रोजन बन्न सक्छ र नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्छ, नेपाल आत्मनिर्भर हुनसक्यो र उत्पादन नेपाली बजारमा लान सक्यौँ भने नेपाललाई ठूलो लाभ हुन्छ।'

चालु आर्थिक वर्ष सात महिनामा मात्रै नेपालले रु एक खर्ब ८४ अर्ब ९३ करोड पेट्रोलियम पदार्थ आयात गरेको तथ्याङ्क सार्वजनिक भएको उल्लेख गर्दै उनले व्यापार घाटा कम गर्न र विकासका लागि योजना बनाउन बनाउन जरुरी भएको बताए। २०४५ सालसम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएअनुसार ग्रीन हाइड्रोजन उत्पादनमा वृद्धि गर्नुपर्ने उनको भनाइ थियो।  

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्