पशुपतिमा विशेष पूजा स्थगित, एक पटकमा १० जनालाई मात्र प्रवेश
काठमाडौं, चैत्र १० : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।
पशुपति क्षेत्र....

काठमाडौं, चैत्र १० : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा एक पटकमा १० जना भक्तजनलाई मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।
पशुपति क्षेत्र विकास कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो।
त्यस्तै, विद्युतीय शवदाह गृहमा ७ जना भन्दा बढी मलामीलाई प्रवेश गर्न निषेध गरिएको छ। त्यस्तैगरी, पशुपतिनाथको मन्दिरमा गरिने विशेष पूजालाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगत गरिएको छ।
प्रकाशित मिति: ०८:३४ बजे, सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











