Kathmandu Press

मुख्य न्यायाधीश थापाविरुद्ध पीडित पक्षले दियाे न्याय परिषदमा उजुरी 

दुई वर्षअघि भएको स्थानीय तह निर्वाचनमा हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका– ४ का मृतक विनोद शाहीका दाजु डम्मरबहादुर शाहीले मुख्य न्यायाधीश थापाविरुद्ध न्यायमा विचलनको आरोप लगाउँदै पीडितका तर्फबाट उजुरी दिएका हुन्।
मुख्य न्यायाधीश थापाविरुद्ध पीडित पक्षले दियाे न्याय परिषदमा उजुरी 

काठमाडौं, चैत १९ : उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाविरुद्ध हत्यासम्बन्धी मुद्दाका पीडित पक्षले न्यायपरिषद्मा उजुरी दर्ता गरेका छन्। 

दुई वर्षअघि भएको स्थानीय तह निर्वाचनमा हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका– ४ का मृतक विनोद शाहीका दाजु डम्मरबहादुर शाहीले मुख्य न्यायाधीश थापाविरुद्ध न्यायमा विचलनको आरोप लगाउँदै पीडितका तर्फबाट उजुरी दिएका हुन्। ज्यान मुद्दाको सुनुवाइ हुनुअघि निर्धारित समयभित्र वादी र पीडितका तर्फबाट पेसी स्थगित गरिदिन अनुरोध गरे पनि मुख्य न्यायाधीश थापाले प्रतिवादीलाई राहत पुग्ने गरी मुद्दा सुनुवाइ गरेर शंकास्पद रुपमा आदेश दिएको दाबी उजुरीमा छ। 

Hardik ivf

उजुरीमा न्यायाधीश थापामाथि कारबाही गर्न माग छ। ज्यान मुद्दा अहिले अछाम जिल्ला अदालतमा चलिरहेको छ। पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अभियुक्तलाई मुख्य न्यायाधीश थापाले गत १४ फागुनमा धरौटीमा छोड्न आदेश दिएको उजुरीमा जनाइएको छ।

पीडित पक्ष र वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय दिपायलका सहन्यायधिवक्ता गौरसिंह महरले पहिलो पटकका लागि भन्दै मुद्दाको पेसी स्थगित गर्न रितपूर्वक निवेदन दिएकोमा न्यायाधीश थापाले सुरुमा स्थगित भएको जानकारी दिए पनि उही दिन दिउँसो आदेश गरेको भनाई पीडित पक्षको छ। मुद्दामा सुनुवाईका लागि वादी पक्षलाई जानकारी नै नदिईएको भनाई पीडित पक्षको छ।  

ज्यान मुद्दाका अभियुक्तलाई हतारमा सुनुवाइ गर्दै धरौटीमा छाड्ने गरी भएको आदेश सन्देहास्पद रहेको आरोप पीडित पक्षको छ  । कानुनतः एकपल्टका लागि मुद्दाको पेशी हटाउन पाउने सुविधा मुद्दाका पक्ष–विपक्षलाई रहेको छ। 
 

प्रकाशित मिति: १४:४२ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्