सुदुरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने गठबन्धनमा समझदारी
बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान राखेपछि सुदुरपश्चिम प्रदेशमा सहमती भएको जनाइएको छ।
काठमाडौं, चैत १९ : सत्ता गठबन्धनबीच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको छ।
बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान राखेपछि सुदुरपश्चिम प्रदेशमा सहमती भएको जनाइएको छ। उक्त सहमतीपछि एकीकृत समाजवादीले वागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो।
यता, बागमतीमा समेत मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमती बनेको जनाइएको छ। तत्कालका एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको हो।
सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच सहमती बनेको बताइएको छ। स्रोतका अनुसार बागमतीमा जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाललाई मुख्यमन्त्री बनाउने समझदारी बनेको छ।












