Kathmandu Press

मुख्यमन्त्री केजरीवालले १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने

इडीको हिरासतमा रहेका उनलाई राउज रेभेन्यू कोर्टको आदेशअनुसार अब तिहाड जेल लगिनेछ।
मुख्यमन्त्री केजरीवालले १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने

काठमाडौं, चैत १९ : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले १५ दिनका लागि न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। भारतको अदालतले उनलाई अप्रिल १५ सम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो।

इडीको हिरासतमा रहेका उनलाई राउज रेभेन्यू कोर्टको आदेशअनुसार अब तिहाड जेल लगिनेछ।

मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (इडी) ले २१ मार्चमा उनलाई गिरफ्तार गरेको थियो। त्यसयता उनी इडीको हिरासतमा थिए। 

केजरीवालले बयानमा सहयोग नगरेको र आफ्नो मोबाइलको पासवर्ड नदिएको ईडीको आरोप छ।उनले प्रधानमन्त्री नरेन्द्र मोदीले देशका ठीक गरेको प्रतिक्रिया दिँदै आएका छन्।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्