Kathmandu Press

बिस्केट जात्राको तयारी तीव्र, भैरव र भद्रकालीका रथ बन्दै

जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढाइएको छ।
बिस्केट जात्राको तयारी तीव्र, भैरव र भद्रकालीका रथ बन्दै

भक्तपुर, चैत १९ : भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ। जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढाइएको छ।

Bisket-jatra-tayari---frame-at-0m24s-1711958484.jpg

प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ।नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ।

Bisket-jatra-tayari---frame-at-0m3s-1711958484.jpg

चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ।त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ। 

Bisket-jatra-tayari---frame-at-1m50s-1711958483.jpg

Bisket-jatra-tayari---frame-at-1m2s-1711958483.jpg

Bisket-jatra-tayari---frame-at-1m13s-1711958482.jpg

Bisket-jatra-tayari---frame-at-2m15s-1711958482.jpg

Bisket-jatra-tayari---frame-at-0m33s-1711958481.jpg

Bisket-jatra-tayari---frame-at-0m57s-1711958481.jpg

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, चैत १९, २०८०