Kathmandu Press

सुनको तोलामा १६०० रूपैयाँ बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ। 
सुनको तोलामा १६०० रूपैयाँ बढ्यो

काठमाडौं, चैत १९ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ। 

Hardik ivf

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ। 

यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ। आइतबार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। 

प्रकाशित मिति: १३:४० बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्