Kathmandu Press

प्रदीप पौडेलकाे प्रश्न- रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन सरकार किन गम्भीर छैन?

‘यस्तो अवस्थामा रुसमा जान प्रतिबन्ध लगाउनुपर्ने ठाउँमा श्रम मन्त्रालयले रुस जान श्रम स्वीकृति दिने व्यवस्था गरेको छ।’ 
प्रदीप पौडेलकाे प्रश्न- रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन सरकार किन गम्भीर छैन?

काठमाडौं, चैत १९ : नेपाली काङ्ग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन कुनै पहल नगरेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा उनले सरकार रुसमा रहेका नेपालीहरुको अवस्थाको बारेमा बेखबर रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्। 

उनले भने, ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ। तर नेपालीहरु कति संख्यामा छन्, उनीहरुको अवस्थाको बारेमा सरकार बेखबर मात्र होइन जान्ने प्रयास पनि गरेको छैन्। सरकारले अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने कुरा त पर जाओस कति संख्या छन भन्ने पनि पत्ता लगाउन सकेको छैन। सरकारको तर्फबाट हुनुपर्ने पहल हुन सकेको छैन। यसमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।'

Hardik ivf

मानवतस्करहरुलाई अनुकुल हुने गरि श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको उहाले आरोप लगाए। उनले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल भएको भन्दै अन्तराष्ट्रिय समूदायसंग आग्रह गर्न सुझाव दिए। उनले मृत्यु भएका नेपालीहरुका आफन्तको डिएनए परिक्षण गर्ने नाममा थप पीडा दिने काम भएको समेत बताए। 

यसको साथै उनले काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको भन्दै राज्यले यसको लागि आवश्यक कानून, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्ने बताए।  

उनले भने, ‘काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक गरेको छ। नेपालमा कुनै कुरा उत्पादन हुनु आफैमा एउटा ठूलो विषय हो, त्यसमाथि यो ग्रिन हाइड्रोजन भनेको क्लिन ग्रिन इनर्जी हो। जुन अहिलेको अवस्थामा निकै महत्वपूर्ण छ। ठूलो उपलब्धी हो। एउटा विश्व विद्यालयको अनुसन्धानले सफलतापूर्वक परीक्षण गरेको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएर यसको लागि आवश्यक पर्ने कानून, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्छ।’ 

आयात गर्ने फ्युलको विकल्प ग्रिन हाइड्रोजन बन्न सक्यो भने नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने भन्दै नेपाल यस विषयमा आत्मनिर्भर हुन सक्यो र उत्पादन अन्तर्राष्ट्रिय बजारमा लान सक्यो भने नेपाललाई ठूलो लाभ हुने पनि उनको भनाइ छ। 

 

प्रकाशित मिति: १३:२० बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्