एकीकृत समाजवादीले वागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने
केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार एकीकृत समाजवादीले सोमबार विश्वासको मत दिने भएको हो।
काठमाडौं, चैत १९ : नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेश सरकारको पक्षमा विश्वासको मत दिने भएको छ।
केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार एकीकृत समाजवादीले सोमबार विश्वासको मत दिने भएको हो। उक्त पार्टीले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पक्षमा बुहमत जुट्ने संभावना देखिएको छ।
एकीकृत समाजवादी एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ। वाग्मतीको मुख्यमन्त्रीमा दाबी गर्दै आए पनि सफल हुन भने सकेन। कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।
वाग्मती प्रदेश सरकारका लागि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका ५६ सदस्यको बहुमत आबस्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र) का २१, नेकपा (एकीकृत समाजवादी) का सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्।












