Kathmandu Press

रेशम र रन्जिता पक्षधर कार्यकर्ताबीच कुटाकुट

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला चाैधरी र उनकी पत्नी रन्जिता पक्षधर नेताहरबीच हात हालाहाल भएको हो। 
रेशम र रन्जिता पक्षधर कार्यकर्ताबीच कुटाकुट

काठमाडौं, चैत १९ : नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ। रेशम चौधरी दम्पतीबीचको विवादले पार्टीको बैठकमा कुटाकुट भएको छ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला चाैधरी र उनकी पत्नी रन्जिता पक्षधर नेताहरबीच हात हालाहाल भएको हो।  वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्षकाे अडान छ। तर साे गठबन्धनमा जाेडिन नहुने रेशम पक्ष रहेकाे छ। यसरी पतिपत्नीबीच भएकाे विवादले कुटाकुटको अवस्था सिर्जना गरेको साेही पार्टीका एक नेताले बताए।

Hardik ivf

रेशम पक्षका सांसदहरू सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी रन्जिता पक्षले उनीहरू सरकारबाट फिर्ता हुनुपर्ने बताएकाे छ। रन्जिता अहिलेको सत्ता गठबन्धनमा समाहित हुनुपर्ने पक्षमा छिन्। रेशम त्यसविरूद्धमा उभिएका छन्। यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबीच दरारकाे स्थिति पैदा गराएकाे छ । उक्त विवादले पार्टी विभाजनकै मुखमा पुगेको छ। 

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ। अध्यक्ष भएकाले रन्जिताले विभिन्न निर्देशन दिँदै आएकी छन्।

प्रकाशित मिति: १३:०४ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्