Kathmandu Press

वीरगन्जका व्यापारी रुंगटालाई कोरोना भाइरस नलागेको पुष्टि

काठमाडौं, चैत्र १० :  वीरगन्जका व्यापारी शिवकुमार रुंगटालाई कोरोना भाइरस नलागेको पुष्टि भएको छ।

पटनामा उनको स्वाब परीक्षण गर्दा रि....

वीरगन्जका व्यापारी रुंगटालाई कोरोना भाइरस नलागेको पुष्टि

काठमाडौं, चैत्र १० :  वीरगन्जका व्यापारी शिवकुमार रुंगटालाई कोरोना भाइरस नलागेको पुष्टि भएको छ।

पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। उपचारका लागि पटना गएका रुङ्गटालाई अस्पतालले नै सुरुमा ५० प्रतिशत कोरोना सङ्क्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशङ्का गरेको परिवारका सदस्यले जनाएका थिए ।

 पछिल्लो रिपोर्ट आएपछि परिवारका सदस्य ढुक्क भएका छन् । शिव रुङ्गटाका भाइ सुरेश रुङ्गटाले रिपोर्ट नेगेटिभ आएपछि परिवारले राहत महसुस गरेको बताए ।  यसअघि सञ्चार माध्यमले वीरगन्जका व्यवसायी रुंगटालाई कोरोना लागेको भनी समाचार दिएका थिए। 

प्रकाशित मिति: ०७:१६ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्