Kathmandu Press

काठमाडौंमा पानी वितरण सहज बनाउन माग

आज प्रतिनिधि सभामा उनले लापरवाही र कमजोरीको अध्ययन गरि खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था सहज बनाउनुपर्ने बताए। 
काठमाडौंमा पानी वितरण सहज बनाउन माग

काठमाडौं, चैत १९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उपत्यकाभित्र खानेपानीको समस्या समाधानको लागि खानेपानी मन्त्रालय प्रतिबद्ध हुनुपर्ने बताएका छन्। आज प्रतिनिधि सभामा उनले लापरवाही र कमजोरीको अध्ययन गरि खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था सहज बनाउनुपर्ने बताए। 

उनले भने, ‘झन्डै ३५ अर्ब खर्च भईसकेको मेलम्ची खानेपानी परियोजनाको केयूकेल अन्तरगत आयोजना कार्यान्वयन निर्देशनालयले चक्रपथभित्र ८० प्रतिशत खानेपानी वितरणको काम सम्पन्न गरि वितरण गरेको भनेपछि कुनै पनि स्थानमा पानी वितरण हुन सकेको छैन। यो कसको लापरवाही र कमजोरी हो, यसको अध्यन गरि खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था गर्नुपर्छ।’ 

Hardik ivf

उनले स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक संविधानमा नै राखिए पनि काठमाडौंको जनताको घरको धारामा कालो ढल आउने भन्दै यसको व्यवस्था छिटो गर्न आग्रह गरेका छन्। 

उनले भने, ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुचको हक हुनेछ, संविधानको भाग तीनमा मौलिक हक अन्तरगत धारा ३५ को उधारा ४ मा लेखिएको वाक्य हो। तर देशको राजधानी काठमाडौंको जनताको घरको धारामा पानी होईन, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउछ। शहरभित्रका नागरिक ढलको पानी धारामा पठाईलिए वापत केयूकेललाई बढि पैसा तिर्न बाध्य छन्।’
 

प्रकाशित मिति: १२:५० बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्