मधेसमा एसइई परीक्षा मर्यादित बनाउन सांसद झाको माग
सोमबार प्रतिनिधिसभाको बैठकमा २ मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरु, निरीक्षक र सबै अधिकारीहरुका कमजोरीका कारण परीक्षामा चिट चोर्नेलगायत अनपेक्षित घटनाहरु बाहिर आएको तर त्यसको मूल्य सिंगो मधेसले चुकाउनुपरेको बताए।
काठमाडौं, चैत १९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मधेसमा कडाइकासाथ एसइई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको उल्लेख गर्दै परीक्षालाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा २ मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरु, निरीक्षक र सबै अधिकारीहरुका कमजोरीका कारण परीक्षामा चिट चोर्नेलगायत अनपेक्षित घटनाहरु बाहिर आएको तर त्यसको मूल्य सिंगो मधेसले चुकाउनुपरेको बताए।
उनले भने, ‘अहिले मधेस आफैं एसईई परीक्षा हुँदा चिट चोर्नेहरुको चपेटामा पर्दैछ। यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौं न पाइहाल्छ भन्ने छ। एसईई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ। यहीबाट खटाइएको सिडिओ, एसपी निरीक्षक सबै अधिकारीहरुले छुट दिइरहेको छन्। तर त्यसको मूल्य मधेसले तिरिराखेको छ। यसको दोष हामी मधेसी होइन, केन्द्रबाट खटाइने सबै अधिकारीहरु हुन्।’
उनले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिई आवश्यक विधि, पद्धति र कडाइकासाथ परीक्षा गराउन माग गरे।