सरकार सहकारी ठगहरुको पक्षमा देखियो : कांग्रेस
‘संसदीय छानबिन समिति बनाउनुपर्छ भनिरहेका छौँ। आरोपलाई अनुसन्धान नभई खारेज गर्न हुँदैन। त्यसैले छानबिन समिति गठन गरौँ भन्दा किन यति धेरै पसिना आयो ? हामीले बुझ्न चाहेका छौँ यहाँ गम्भीर प्रश्नहरू लुकेका छन्,’ उनले भनिन्।
काठमाडौं, चैत १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले वर्तमानत सरकार सहकारी गठहरुको पक्षमा देखिएको बताएकी छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै उनले सरकार सहकारी ठगहरुको पक्षमा देखिएको भन्द्र सत्तारुढ दलहरुमा गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रास देखिएको बताइन्।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको बचत हिनामिनाको आरोप लागेको बताउँदै उनले यो विषयमा आफूहरुले संसदीय छानविनको माग गर्दा त्यसका लागि सत्तापक्ष तयार नहुनु शंकास्पद रहेको बताइन्।
‘संसदीय छानबिन समिति बनाउनुपर्छ भनिरहेका छौँ। आरोपलाई अनुसन्धान नभई खारेज गर्न हुँदैन। त्यसैले छानबिन समिति गठन गरौँ भन्दा किन यति धेरै पसिना आयो ? हामीले बुझ्न चाहेका छौँ यहाँ गम्भीर प्रश्नहरू लुकेका छन्,’ उनले भनिन्।
उनले सहकारी पीडितहरुले दिएको उजुरीलाई चिर्कटोको संज्ञा दिँदै गृहमन्त्री रवि लामिछाने उम्किन खोजेको बताइन्। उनले सरकार सहकारी पीडितहरूलाई न्याय दिने पक्षमा भन्दा पनि उनीहरूलाई घरको न घाटका बनाउने ठगहरूलाई बचाउने पक्षमा उद्धत भएको आरोप लगाइन्।
‘प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्रीमाथि परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ। आरोपी गृहमन्त्री आफूलाई परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ,’ उनले भनिन्, ‘उजुरी त कागजमै लेख्ने होला नि कि ताम्र पत्र वा स्वर्णपत्रमा लेख्ने भए त्यो पनि जानकारी गराइदिए हुन्थ्यो नि।’












