Kathmandu Press

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

मकवानपुर, चैत १९ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन्।  

आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो।

Hardik ivf

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार उक्त बैठकले मुख्यमन्त्री जम्कट्टेलले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ।

बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि विभिन्न दलका प्रदेशसभा सदस्यले धारणा राख्ने सचिव खड्काले बताए।

नेपाली कांग्रेसले प्रदेशसरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो। सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका छन्।

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्।

एकीकृत समाजवादीले यथास्थितमा विशवासको मत दिन नसकिने बताएपछि मुख्यमन्त्री जम्कट्टेल दबाबमा परेका छन्।

प्रकाशित मिति: ११:२२ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्