त्रिभुवन विमानस्थलमा उत्तरबाट जहाज अवतरण गर्न नपाइने
पूर्वाधार सुधारको काम भइरहेकोले उत्तरतर्फको विन्दुबाट अवतरणमा आजदेखि तीन महिनासम्मका लागि रोक लगाइएको हो।
काठमाडाैं, चैत १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दुबाट जहाज अवतरणमा रोक लगाइएको छ।
विमानस्थालले आजदेखि तीन महिनासम्मका लागि उत्तरतर्फको विन्दुबाट जहाज अवतरणमा रोक लगाएको हो। पूर्वाधार सुधारको काम भइरहेकोले उत्तरतर्फको विन्दुबाट अवतरणका लागि केही समय रोक लगाइएको हो।
यो विन्दूबाट उडान भने हुनेछ। अब विमानस्थलमा दक्षिणतर्फको विन्दुबाट अवरण हुनेछ।
काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी–वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु–जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए।
यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुने उनले बताए।
प्रकाशित मिति: १०:५८ बजे, सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












