Kathmandu Press

गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
Hardik ivf

काठमाडौं, चैत १९ : पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

मंगलबार भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

प्रकाशित मिति: ०८:२३ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्