Kathmandu Press

आजदेखि पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि

निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।    
आजदेखि पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि
Hardik ivf

काठमाडौं, चैत १९ : पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । आजदेखिदेखि वृद्धि हुने मूल्यअनुसार  पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको  निर्णयअनुसार आजदेखि  नयाँ मूल्य लागू हुनेछ । 

निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।    

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ ।  यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ ।  

प्रकाशित मिति: ०७:४८ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्