Kathmandu Press

यथास्थितिमा नेकपा एसले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वाग्मती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए।
यथास्थितिमा नेकपा एसले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

मकवानपुर, चैत १८ : नेकपा एकीकृत समाजवादीले अहिलेकै अवस्थामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आइतबार बसेको एकीकृत समाजवादीको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो। मुख्यमन्त्री कट्टेलले भोलि विश्वासको मत लिँदैछन्।

Hardik ivf

दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वाग्मती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए।

प्रदेशसभामा मुख्यमन्त्री कट्टेललाईलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा ९एस० ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन।

कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

प्रकाशित मिति: २०:४६ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्