Kathmandu Press

बझाङमा माओवादीले जनक बुढालाई उम्मेदवार बनाउने

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको आज कैलालीको धनगढीमा बसेको बैठकले प्रदेश समितिका सचिव रहेका बुढालाई प्रदेशसभा सदस्यको प्रत्याशी बनाउन सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव एवं प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए।
बझाङमा माओवादीले जनक बुढालाई उम्मेदवार बनाउने

बझाङ, चैत १८ : नेकपा माओवादी केन्द्रले आगामी वर्ष वैशाखमा हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका लागि बझाङ ‘क’ मा जनक बुढालाई उम्मेदवार बनाउने भएको छ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समितिले बुढालाई उम्मेदवार बनाउन सिफारिस गरेको हो।

Hardik ivf

बझाङ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा निधन भएपछि उक्त पद रिक्त थियो।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको आज कैलालीको धनगढीमा बसेको बैठकले प्रदेश समितिका सचिव रहेका बुढालाई प्रदेशसभा सदस्यको प्रत्याशी बनाउन सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव एवं प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए।

बैठकपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव पोखरेलले चुनावमा नयाँ समीकरणमा सहभागी दलबीच सहमति बन्न नसकेमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर अगाडि बढ्ने बताए।

‘एमालेले उम्मेदवार घोषाणा गरिसकेको पृष्ठभूमिमा एमाले—माओवादी र समाजवादीबीच सहमति गर्ने, सहमति हुन नसके मैत्रीपूर्ण प्रतिस्पर्धा गरिनेछ,’ उनले भने।

उपनिर्वाचनका लागि सो क्षेत्रमा एमाले र समाजवादीले उम्मेदवार घोषणा गरिसकेका छन्। कांग्रेसलगायत अन्य दलले भने उम्मेदवारको नाम घोषणा गरेका छैनन्। नयाँ समीकरण अनुसारको प्रदेश तहमा पनि सरकार गठनका लागि आफ्नो तर्फबाट पहल गर्ने निर्णय पार्टीको प्रदेशसभा, संसदीय दलले आजै गरेको जानकारी उपमहासचिव पोखरेलले बताए।

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्