‘कांग्रेसलाई बहुमत ल्याउन सक्ने पार्टीका रुपमा स्थापित गर्नुपर्छ’
समावेशी समानुपातीक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज भने भएको उनको भनाई थियो।
काठमाडौं, चैत १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन सक्ने पार्टीको रुपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने बताएका छछन्।
मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा देउवाले अहिले कांग्रेस देशको ठूलो पार्टी भएको भन्दै अव बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापीत गर्नुपर्ने बताए।
समावेशी समानुपातीक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज भने भएको उनको भनाई थियो।
सभापति देउवाले अहिलेको संविधानले महिला लगाएत सवै समूदायलाई समान अधिकार दिएकाले संसारका सवै संविधानमध्ये उत्कृष्ट संविधान रहेको जिकिर गरे।
यस्तै उनले संविधान अनुसार पार्टीको विधान बनाएको र कांग्रेस पूर्णरुपमा समावेशी पार्टी रहेको बताए।
कार्यक्रममा नेपाली महिला आनेलनमा महिला सशक्तिकरण, राजनैतिक चेतना एवं सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुराउने महिलाहरुलाइ सम्मान गरिएको थियो।












